शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतितोला १३ हजार ४सय रुपैयाँले घट्यो सूनको मूल्य


  • माउन्टेन खबर
  • सोमवार, माघ २०, २०८२
  • 213
    SHARES

काठमाडौं-  अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि त्यसको असर देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ८६ हजार ६०० तोकिएको छ । यो गत शुक्रबारको तुलनामा रु. १३ हजार ४०० ले कमी हो । गत शुक्रबार छापावाल सुनको मूल्य रु. ३ लाख प्रति तोला थियो ।

 

यस्तै चाँदीको मूल्यमा पनि कमी आएको छ । गत शुक्रबार प्रति तोला रु. ५ हजार ५०० रहेको चाँदीको मूल्य आज रु. ५ हजार २०० तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार १० बजेसम्म सुनको मूल्य प्रति ग्राम १५० डलरको हाराहारीमा रहेको छ भने चाँदी ७९ डलर प्रति औंस रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)