शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १०, २०८२
  • 103
    SHARES

काठमाडौँ –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।

आज ३२४ कम्पनीको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर ७२ हजार १०४ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक आज रातो देखिएको छ । बैंकिङ शून्य दशमलव ५२, विकास बैंक एक दशमलव ४१, वित्त शून्य दशमलव ५६, होटल तथा पर्यटन एक दशमलव शून्य नौ, जलविद्युत् एक दशमलव ८१, लगानी शून्य दशमलव ९४ र जीवन बिमा शून्य दशमलव ७३ प्रतिशतले घटेको छ।

 

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक दशमलव शून्य दुई, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव २२, निर्जीवन बिमा शून्य दशमलव ४२, व्यापार तीन दशमलव ५९ र अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले घटेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ९२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ६३ करोड ४२ लाख ४० हजार १०१ बराबरको १७ लाख ८२ हजार ९०३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)