शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १४, २०८२
  • 219
    SHARES

काठमाडौँ-  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । यहि माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लान ले हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा साउदीको लागि  नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी , आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति रहेको थियो । यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ ।

साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत ‘नगदरहित’ (Cashless) समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ। यस्तो अवस्थामा  रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम IME र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम TIQMO बीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको छ।

नेपाल र साउदी अरबको सम्बन्धलाई दशकौंदेखि केवल शारीरिक श्रम र परम्परागत रकम पठाउने माध्यमका रूपमा मात्र हेरिने गरिन्थ्यो तर यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर (Digital Financial Corridor) निर्माण गरेको छ जसले  आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ ।

 

सम्झौता क्रममा रियादमा देखिएको IME को त्यो रातो रङ केवल एउटा ब्रान्ड मात्र नभएर नेपालीहरूको भरोसा र राष्ट्रिय गौरवको प्रतीक हो। TIQMO सँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पठाएको रकम उत्तिकै सुरक्षा र सम्मानका साथ नेपाल पुग्ने सुनिश्चितता प्रदान गरेको छ।

आइएमई  र TIQMO बीच रियादबाट सुरु भएको यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वाससिलो  बनाउने लक्ष्य राखेको छ।

सम्झौता भएसंगै आइएमईले  Tiqmo मार्फत आइएमई गरौ, उपहार जितौं  योजना  सार्वजनिक गरेको छ । यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालन मा रहने यो योजना  अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो (Tiqmo) एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर  रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)