काठमाडौं । जेनजी आन्दोलन क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट करिब ६ महिना पुनर्निर्माणपछि आज बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ ।
सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको उपस्थितिमा विशेष पूजाआजा गरी स्टोर सर्वसाधारणका लागि खुला गरिएको हो ।
सुपरमार्केट अध्यक्ष गुरुङले शाखा उद्घाटन गर्दै यो पुनर्निर्माण केवल व्यापारिक स्वार्थका लागि नभई देशको अर्थतन्त्र र सयौँ कर्मचारीको भविष्यप्रतिको जिम्मेवारीका लागि भएको बताए ।
‘नेपालीले पनि गरेर देखाउँछ है भन्ने एउटा नमुना हामीले देखाउनुपर्छ,’ अध्यक्ष गुरुङले भने, ‘यो हाम्रो निजी स्वार्थका लागि होइन, देशका लागि हो ।’
