शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा ११ हजारले घट्यो सुन


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २०, २०८२
  • 279
    SHARES

काठमाडौँ-  नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ११ हजार र चाँदीको दुई सय ७५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १७ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ७२ हजार दुई सय ९० रुपैयाँ तोकिएको छ।

यस्तै, मंगलबार पाँच हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ घटेर बुधबार पाँच हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य प्रतिदश ग्राम चार हजार सत सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)