मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २१, २०८२
  • 481
    SHARES
रसुवा –  रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५७ मतदान केन्द्रबाट कुल २५ हजार ४५८ मतदाताले मतदान गरेका छन् ।

जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेका थिए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार जिल्लाभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा सदरमुकाम ल्याउने काम सुरु गरिएको हो ।

मतपेटिकाको सुरक्षाका लागि जिल्लामा तैनाथ नेपाली सेना श्रीश्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ ।

सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतपेटिका ढुवानी कार्य अघि बढाइएको जनाइएको छ । भौगोलिक रूपमा विकट रहेको लाङ्टाङ क्षेत्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)