मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतीबाट जित्ने कांग्रेसका एक्ला सांसद इन्जिनीयर मोहन आचार्य


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २७, २०८२
  • 999
    SHARES

काठमाडौँ-  बागमती प्रदेशभरबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य जित्ने एक्ला सांसद ईन्जिनीयर मोहन आचार्य बन्नुभएको छ ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते सम्पन्न गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर कमजोर नतिजा निकालेको कांग्रेसले बागमती प्रदेशमा एक सिटमात्र जित्न सफल भएको हो ।

बागमती प्रदेशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारका पक्षमा नतिजा आएको बेलामा रसुवा जिल्लाबाट १० हजार ६५६ मतका साथ इन्जिनीयर आचार्यले तेस्रोपटक सांसद बनेर ह्याट्रिक गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गर्नुभयो ।

बागमती प्रदेशभरका ३३ क्षेत्रमध्ये ३१ क्षेत्रमा रास्वपा, एक क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी र एक क्षेत्रमा कांग्रेसको उम्मेदवार निर्वाचित भएका हुन् । उक्त प्रदेशमा नेकपा (एमाले)ले भने जीत हाँसिल गर्न सकेन ।
रसुवाको उत्तरगया गाउँपालिकास्थित लहरेपौवामा विस २०३३ सालमा जन्मनुभएका इन्जिनीयर आचार्य विस २०४८ सालमा विद्यार्थी राजनीतिमा आवद्ध हुनुभएको थियो । उहाँ कांग्रेसको गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

आचार्य विस २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसक्नुभएको छ । विस २०७४ मा तत्कालिन नयाँ शक्ति पार्टी र विस २०७९ मा तत्कालिन नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन हुँदा निर्वाचित हुनुभएको थियो ।

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद आचार्यले नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको भए अहिलेभन्दा पनि खराब नतिजा आउने बताउनुभयो । “नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको भए मैलेपनि जित्ने अवस्था रहँदैनथ्यो, पार्टी बदलिएर निर्वाचनमा गएकाले मैले सहजै जित हात पार्न सफल भयाँ,”– उहाँले भन्नुभयो ।

आचार्यले आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले आगामी दिनमा संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)