मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक चैत २४ गते


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०८२
  • 192
    SHARES

मकवानपुर- बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक यही चैत २४ गते अपराह्न ४ः०० बजे बस्ने गरी बैठक आह्वान गर्न बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोही बैठकले ११औँ तहका इन्जिनियर राजु श्रेष्ठलाई बागमती प्रदेश भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा बागमती प्रदेशका आर्थिक तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

 

यसैगरी बैठकले कृषि विशेषज्ञ गौरीमानसिंह श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो । सोही बैठकले प्रदेशको विभिन्न जिल्लामा चालु आवमा सञ्चालन हुने बहुवर्षीय योजनालाई ठेक्का लगाउने विषयमा ऐन संशोधन गर्न स्वीकृत प्रदान गरेको छ ।

त्यस्तैगरी बैठकले नवीन सिंहलाई भौतिक पूर्वाधार तथा योजना मन्त्रालयमा पदस्थापना गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा प्रदेशका विभिन्न मन्त्रालयमा रिक्त भएका सचिव पदको पदस्थापनाका लागि जिम्मेवारी बोक्ने निर्णय गरिएको प्रवक्ता तामाङले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)