शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १८, २०७७
  • 962
    SHARES

काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिनुभयो । विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी एक वर्षपछि बन्द प्रशिक्षणका लागि छनोट हुनुभएको छ । एक वर्षअघि तीनै खेलाडी एन्फाको अनुशासनको कारबाहीमा परेका थिए । बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन गरिने प्रशिक्षक महर्जनले बताउनुभयो ।

सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा आयोजना हुने एएफसी एशियन कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीमा गोलकिपरतर्फ विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, किरणकुमार लिम्बू, विकेश कुथु, अर्पण कार्की र देव लिम्बू, डिफेन्डरतर्फ सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ. निशान खड्का, छिरिङ गुरुङ, दिनेश, रञ्जदीप पौडेल, सुरज विक, आशिष गुरुङ, रोहित चन्द र दिलेन मोक्तान हुनुहुन्छ ।

यसैगरी मिडफिल्डरतर्फ अशोक थापा, सुवास गुरुङ, दीपेश आले मगर, तेज तामाङ, सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष, सुनिल बल, हेमन्त थापा मगर, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, रवि पासवान, पुजन उपरकोटी र त्रिदेव गुरुङ तथा फरवार्डतर्फ राजेश परियार, विमल राना, अञ्जन विष्ट, विमल, अभिषेक रिजाल, रेजिन सुब्बा, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ, भरत खवास, नवयुग श्रेष्ठ र दर्शन गुरुङलाई बन्द प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)