सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेल नियुक्त


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १४, २०८३
  • 191
    SHARES

काठमाडौँ –  सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षक (आईजी) पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

हालका आईजी राजु अर्याल आगामी वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जान लागेकाले नयाँ नेतृत्व चयन गरिएको हो। अर्यालले २०७९ वैशाख १९ गतेदेखि सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै आएका थिए। कानुनी व्यवस्था अनुसार सशस्त्र प्रहरीको आईजी पदावधि चार वर्षको हुने प्रावधान रहेको छ।

आईजी पदका लागि एआईजी नारायणदत्त पौडेलसँगै एआईजी वंशीराज दाहाल पनि प्रतिस्पर्धामा रहेका थिए। पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए भने दाहाल २०७९ असोज २८ गते सो पदमा पुगेका थिए। वरीयताका आधारमा पौडेल पहिलो नम्बरमा रहेकाले सरकारले उनलाई नै आईजीमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)