बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरानसँग सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १०, २०८३
  • 127
    SHARES

एजेन्सी –   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

अमेरिका, इरान र मध्यस्थ गरिरहेका राष्ट्रहरूबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र अब केवल अन्तिम रूप दिन बाँकी रहेको ट्रम्पले बताएका छन्।

अमेरिका इरान युद्धविराम गम्भीर मोडमा पुगेपछि युद्ध अन्त्यको अन्तिम प्रयन्त गर्न पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान गएका थिए। उनले त्यहाँ राजनीतिकसँगै सैन्य नेतृत्वहरूसँग कुरा गरेका थिए।

ट्रम्पले अधिकांश विषयमा सहमति भइसकेको भनेर आइतबार घोषणा गरेका हुन्।

प्रस्तावित ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको प्रारम्भिक वार्ता अवधि रहनेछ भने आवश्यक परे यो अवधि एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि रहने बताइएको छ।

वालस्ट्रिट जर्नलका अनुसार यो प्रारम्भिक सम्झौताको मुख्य उद्देश्य युद्ध रोक्ने, अस्थायी कूटनीतिक ढाँचा स्थापना गर्ने र विश्व तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुज सञ्चालनमा ल्याउने हो।

ुअमेरिका, इरान र मध्यस्थ राष्ट्रहरूबीच अधिकांश सर्तमा सहमति भइसकेको छ, अन्तिम विवरण छिट्टै सार्वजनिक गरिनेछ,ु ट्रम्पले भनेका छन्।

सम्झौताअन्तर्गत इरानले हर्मुज अस्थायी रूपमा खोल्ने र युद्धविरामको वातावरण बनाउने, त्यसको बदलामा अमेरिकाले इरानमाथिको केही प्रतिबन्ध सहज बनाउने तथा वार्ता जारी रहने अवधिमा समुद्री मार्गमा अवरोध नहुने सुनिश्चितता दिने चर्चा छ।

तर यो अझै प्रारम्भिक ढाँचा मात्र भएकाले दुवै पक्षले अन्तिम सहमतिका लागि विस्तृत वार्ता जारी राख्नेछन्।

ल्अभिि
न्युयोर्क टाइम्सका अनुसार प्रस्तावित सम्झौतामा इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्ने प्रारम्भिक सहमति जनाएको छ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा इरानसँग ६० प्रतिशतसम्म प्रशोधित करिब ४०० किलो युरेनियम रहेको आकलन छ।

त्यस युरेनियम भण्डारलाई कसरी हस्तान्तरण वा व्यवस्थापन गर्ने भन्ने प्राविधिक विषय भने अझै टुंगिएको छैन र यो विषय आगामी चरणको वार्तामा तय हुने बताइएको छ।

अमेरिकी अधिकारीहरूले यो मुद्दालाई सम्झौताको सबैभन्दा संवेदनशील र निर्णायक बिन्दुका रूपमा लिएका छन्।

सम्झौताप्रति इसराइलमा भने चासो र चिन्ता दुवै देखिएको छ।

इसराइल वार्ताको प्रत्यक्ष पक्ष नभएकाले अन्तिम चरणमा मात्र जानकारी पाएको भन्दै असन्तुष्टि रहेको बताइन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)