बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स


  • माउन्टेन खबर
  • मङ्लबार, असार ३०, २०८३
  • 59
    SHARES

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो ।

 

 

राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै दुई खर्ब तीन अर्ब ८९ करोड रकम रेमिट्यान्सबापत भित्रिएको छ । जबकि गत आवको जेठमा भने विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।

केन्द्रीय बैंकमा समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षमा भने यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)