मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकचालिस अंकले बढ्याे सेयर बजार


  • माउन्टेन खबर
  • सोमवार, साउन ४, २०८३
  • 59
    SHARES

काठमाण्डौँ– साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ४१.१७ अंकले बढेर परिसुचक २७१९मा कायम भएको छ । अघिल्लो कारोबारमा पनि बजार ७९ अंकले बढेको थियो ।

यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकामा आज ५ अर्ब ५० करोडको कारोबार भयो ।

कारोबारमा आएका २३८ कम्पनीको मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन आखु खोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडि पावर जलविद्युत्, कर्पोरेट डेव्लपमेन्ट बैंक अगाडि रहे ।

यसदिन एभरेष्ठ कलरको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने रिज लाइन इनर्जिको १३ प्रतिशत र श्रीनगर एग्रिटेकको १० प्रतिशतले बढ्यो ।

आज म्यूचल फण्डबाहेक सकै सूचक बढे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)