सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोठाटारमा आगलागी हुँदा १४ वटा पसलमा क्षति


  • माउन्टेन खबर
  • आइतवार, साउन १७, २०८३
  • 58
    SHARES

काठमाडाैँ –  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिकै काठको गोदामसहित विभिन्न व्यवसाय सञ्चालन भएका सटरमा भीषण आगलागी हुँदा १४ वटा पसलमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार काठको गोदामबाट विद्युत् सर्ट भई शनिबार राति करिब ९ः१५ बजे आगलागी सुरु भएको थियो । करिब दुई घण्टाको प्रयासपछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भएका थिए ।

आगो नियन्त्रणमा लिन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कर प्रयोग गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

आगलागी नियन्त्रणका क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारका ३७ वर्षीय नरेश थापा घाइते भएका छन् । टहराको जस्तापाताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूलपानीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुन्धारास्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । उनको अवस्था मध्यम रहेको र बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाई, चिया, फर्निचर, चटपटे तथा किराना, कस्मेटिक र स्टेशनरी पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण भने मुचुल्का संकलन तथा थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)