बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढी : उद्धारमा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सांसद आचार्यको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 68
    SHARES

रसुवा – रसुवाबाट प्रतिनिधिसभा सदस्य सांसद मोहन आचार्यले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन्।

 

 

विपद्को अवस्थामा भोटेकोसी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन उनले आग्रह गरेका छन् ।

सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार राहतमा केन्द्रित रहन सांसद आचार्यले  आग्रह गरेका छन् ।

‘विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो—नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग,’ उनले भनेका छन्।

प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सांसद आचार्यले  सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्नसमेत हार्दिक अपिल गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)