बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीले ठूलो क्षति गरेको छ, जतिसक्दो छिटो उद्धार गरौँः मोहन आचार्य


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 53
    SHARES

काठमाडौँ – रसुवाका सांसद एवं नेपाली काँग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले ठुलो क्षति गरेको बताउनुभएको छ ।
उहाँले गत वर्ष आएको बाढीभन्दा यस पटकको बाढी ठुलो र विनाशकारी रहेकोले रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति गरेको बताउनुभएको हो ।

 

 

बुधवार पत्रकारहरूसँग सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि कुरा गर्दै उहाँले बाढी प्रभावित क्षेत्रका नागरिकलाई जतिसक्दो छिटो हेलिकप्टरको प्रयोग गरेर उद्धार गर्न सरकारसँग आग्रह गर्नुभयो । सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि हवाई माध्यम प्रयोग गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । प्रभावित क्षेत्रमा नागरिकहरू त्रसित रहेको र धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेको उहाँले बताउनु भयो । उहाँले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनः स्थापनाको काम अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले एकदमै त्यहाँका आम नागरिकहरू एकदमै त्रसित छन् । सोचेको भन्दा अनुमान गरेको भन्दा नि धेरै ठुलो क्षति भएको छ । धेरै परिवारका साथीहरू सम्पर्क नभएर परिवारजनहरू आत्तिनुभएको छ । लगातार फोनहरू आउने देखि लगायत अब त्यहाँ टेलिफोन कनेक्सन पनि छैन । त्यसले गर्दा अब त्यो भूगोलमा जानलाई बाइ रोडको बाटो नभएर अब बाइ एयरबाट गएर रेसक्यू गर्न सकिन्छ, कति सहयोग गर्न सकिन्छ त्यसमा लागौँ ।’


सांसद आचार्यका अनुसार तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएपछि बाढी आएको हो । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, त्रिशूली बजारलगायतका क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले क्षतिको विवरण सङ्कलनमा कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)