बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 65
    SHARES

काठमाडौँ –  सरकारले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको आपतकालीन उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रसुवामा बाढीका कारण उत्पन्न परिस्थितिको समीक्षा गर्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी र तीव्र बनाउने निर्णय गरेको हो।

बैठकले बाढी प्रभावितको उद्धार, सुरक्षित स्थानान्तरण, राहत वितरण, सूचना तथा सञ्चार, स्वास्थ्य सेवा, आवश्यक जनशक्ति परिचालन, बजेट व्यवस्थापन तथा पूर्वाधार निर्माण लगायतका विषयमा तत्काल आवश्यक समन्वय र काम अघि बढाउने निर्णय गरेको छ।

सरकारले सम्बन्धित मन्त्रालय तथा निकायलाई आवश्यक स्रोत–साधन परिचालन गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)