शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०८३
  • 47
    SHARES

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदिनमा आएको १० भदौको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएको भएको प्रारम्भिक आँकलन गरिएको छ ।

 

 

उक्त विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएको प्रारम्भित आँकलन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. विकास देवकोटाले वागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको आँकलन गरिएको जानकारी दिनुभयो । उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनालाई झाडापाखा लागेको भेटिएको पनि बताउनुभयो । उहाँले अन्य स्वास्थ्यम्बन्धी समस्या देखा नपरेको बताउनुभयो । सचिव देवकोटाले पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै आगामी दिनमा बन्ने संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने र मन्त्रालयले त्यससम्बन्धी योजनाको तयारी गरिरहेको बताउनुभयो ।  संरचना निर्माण गर्दा स्वास्थ्यसम्बन्धी समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘अहिले बाढी प्रभावित क्षेत्रमा डेढ लाख जनसंख्या रहेको हाम्रो आँकलन हो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी पनि केही न केही हिसाबले त समस्यामा नै छौँ । डेटा संकलनको लागि हामीले प्रदेश सरकार र हाम्रा च्यानलहरुमार्फत संकलन गरेका हौँ । केही  तलमाथि पनि  हुनसक्छ । परेला रोगको बारेमा अघि कुरा उठाउनुभएको थियो । त्यस्तो बिरामी भेटिएका छैनन् । झाडापाखालाका केस २५ देखिनुभएको छ । अहिलेको विपद्बाट हामीले धेरै नै पाठ सिकेका छौँ । अब स्वास्थ्य मन्त्रालयबाट बन्ने घरहरु कस्तो भौगोलिक अवस्थामा बन्छन् र कस्ता बन्छन्् भनेर क्लाइमेट रेजिलेन्स स्ट्रक्चर भन्ने कुरा आएको छ । त्यसो भएको हुनाले अब तापक्रम धेरै भएको ठाउँमा बनाउँदाको घर र चिसोमा बन्ने घरमा हुने छ । अब सबै क्षेत्रले यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ । र अब घर निर्माण गर्दा स्वास्थ्य क्षेत्रसम्बन्धी समस्या आउँदा नजिक कस्त प्रकारका फेसिलिटी छन् भन्ने कुरा हेरेर पनि बनाउनुपर्ने हुन्छ । यो मास्टरप्लान बनाइरहेका छौँ । त्यो पुरा भएपछि यो समितिमा ल्याएर भन्ने नै छु ।’

उहाँले पुनस्र्थापना र पुनर्निमाणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ सहितको मास्टरप्लान निर्माण गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)