शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको रबैया देखेर जनता जनादेश फिर्ता गर्नुपर्ने पक्षमा पुगिसके ः महेश बस्नेत


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०८३
  • 43
    SHARES

काठमाडाैँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधि देखेर जनता निराश भएको बताउनुभएको छ ।

 

 

शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसकेको दाबी गर्नुभएको हो । उहाँले सरकार बनेको ६ महिना नपुग्दै जनतामा निराशा उत्पन्न भएको बताउनुभयो । अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोग गरेर नयाँ पुस्तामा भ्रम सिर्जना गरि वर्तमान सरकार निर्माण गरिएको दाबी गर्नुभयो । सुशिला कार्की नेतृत्वको अन्तरिम तथा वर्तमान सरकारका गतिविधिका कारण जनताले आफ्नो निर्णय गलत भएको महसुस गर्न थालेको उहाँको भनाई छ । जनतामा अहिले उक्त ‘जनादेश फिर्ता गर्नुपर्ने’ मनोविज्ञान विकास भएको उहाँले बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्थापना सम्बन्धी मुद्दा विचाराधीन रहेकोले संसद् पुनस्थापना गरेर गलत अभ्यास सच्याउनपर्ने बताउनुभयो । एमालेले यही विषय आगामी केन्द्रीय कमिटी बैठकमा छलफलको एजेन्डा बनाउने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो एक वर्षको अन्तरिम र वर्तमान सरकारका कारणले जनताहरुले आफ्नो निर्णय गलत भयो भनेर पछुताउ गरेको र अहिले निर्वाचन हुने सच्चिने ठाउँमा पुगिसक्नुभएको छ । सरकारले जुन खालको गलत हर्कत गरिरहेको छ । आम जनता त्यो जनादेश फिर्ता गर्नुपर्छ भन्ने मनोविज्ञान भोगिरहेको र अहिले हुने भए त्यो जनादेश फिर्ता गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेको बेलामा जनताको आन्दोलनको बलबाट सर्वोच्च अदालतमा भएको विचाराधीन मुद्दाबाट संसद पुनर्गठन हुने एउटा परिवेश सिर्जना हुने अवस्थामा छ । यसले त्यतिखेरको निर्वाचनमा गरिएका गलत अभ्यासहरु सच्चिने ठाउँमा पुग्छन् । आगामी केन्द्रीय कमिटीको बैठकमा यो विषय छलफल हुन्छ । त्यसलाई हामी छलफलको एजेन्डा बनाउँछौँ ।’

उहाँले पार्टी संगठनभित्रका कमजोरीलाई सुधार गरी जनतामा फैलिएका भ्रम चिर्नेगरि एमालेलाई सशक्त बनाएर लैजाने बताउनुभयो । जनतासँगको सम्बन्ध थप बलियो बनाउँदै उनीहरूका मुद्दामा नियमित अन्तक्र्रिया र छलफल गर्ने तथा सामाजिक न्याय र समाजसेवाका काममा पार्टीलाई केन्द्रित गर्ने उहाँको भनाई छ । उहाँले पार्टीको समीक्षा तथा पुनर्गठनका लागि गठित कार्यदल पार्टी अध्यक्षलाई हटाउन गठन गरिएको भन्ने गलत प्रचार भईरहेको पनि बताउनुभयो ।  कार्यदललाई निर्वाचनको समीक्षा तथा बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी कसरी अघि बढ्ने भन्ने विषयसँगै पार्टी पुनर्गठनको जिम्मेवारी दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)