बिहिबार, अशोज ८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ८, २०८३
  • 48
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो तथा नारा सार्वजनिक गरेको हो।

महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ।

 

महाधिवेशनको लोगोमा पार्टीका पूर्वसभापतिहरू बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मका तस्बिर समेटिएका छन्।

कांग्रेसले आगामी १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। त्यसअघि १० असोजमा प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)