शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०८३
  • 38
    SHARES

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको २१औँ अधिवेशन १४५ दिनको कार्यावधिपछि शुक्रबार सम्पन्न भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन असोज १६ गते सम्पन्न भएको हो ।

अधिवेशन अवधिमा राष्ट्रिय सभाका ५२ वटा बैठक बसेका थिए । ती बैठकमा कुल ९८ घण्टा १० मिनेट संसदीय कामकारबाहीमा खर्च भएको थियो । अधिवेशनका क्रममा विभिन्न महत्वपूर्ण विधेयक पारित गर्नुका साथै समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै निर्देशनात्मक भूमिका निर्वाह गरिएको थियो ।

सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण तथा सहकारीलगायतका महत्वपूर्ण अध्यादेशलाई विधेयकका रूपमा पारित गर्दै सभाले कानुनी जटिलता समाधान गर्ने काम गरेको थियो । यस्तै, नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा पनि राष्ट्रिय सभाले सक्रिय सहभागिता जनाएको थियो ।

अधिवेशनका क्रममा बजारमा देखिएको ग्यास अभाव तथा प्राकृतिक विपद्को जोखिम व्यवस्थापनलगायत नागरिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराइएको थियो । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारलाई विशेष निर्देशन दिइएको थियो भने बाढी तथा विपद् व्यवस्थापनका लागि संसदीय विशेष समितिसमेत गठन गरिएको थियो ।

त्यसैगरी, विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनमाथि छलफल गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो ।

अधिवेशनको समापनका क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले पर्याप्त विधेयक समयमै दर्ता गर्न नसक्दा कतिपय अवस्थामा आवश्यक ‘बिजनेस’को अभावमा बैठक प्रभावित हुनुपरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले संसद्को प्रभावकारिता कायम राख्न आवश्यक विधेयक समयमै संसद्मा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)