शनिबार, अशोज १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै


  • माउन्टेन खबर
  • शनिबार, अशोज १७, २०८३
  • 41
    SHARES

काठमाडौं। रसवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसन निर्माणको कामसमेत अघि बढाइएको थियो। हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन्।

 

अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माणका सामग्री निर्माणस्थलसम्म पुर्‍याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिएका छन्। निर्माणस्थलमा आवश्यक सामग्री पुर्‍याउने काम भइरहेको र त्यससँगै बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइएको हो।

बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध बनेको रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिनेछ। यससँगै रसुवातर्फको यातायात आवागमन सहज हुनुका साथै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ।

बाढीले क्षति पुर्‍याएको सडकखण्डमा तत्काल यातायात सञ्चालनका लागि अस्थायी ट्र्याक निर्माण र दीर्घकालीन रूपमा सडक पूर्वाधार पुनःस्थापनाका कामलाई सँगसँगै अघि बढाइएको मन्त्री लम्सालले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)