शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

२१ औं एसियाली खेलकुद साउदी अरबमा गर्न नेपालसँग समर्थन माग


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २७, २०७७
  • 362
    SHARES

काठमाडौं।   नेपालका लागि साउदी अरबका राजदूत मुसाउद अल आरबेले २१ औं एसियाली खेलकुद साउदी अरबमा गर्न नेपालसँग समर्थन माग्नु भएको छ ।

शनिबार ओलम्पिक कमिटीको मुख्यालयमा कमिटीका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठलाई भेटगरी राजदूत मुसाउदले सन २०३० मा हुने २१ औं एसियन खेलकुद गर्न साउदी अरबलाई सघाउन आग्रह गर्नुभएको हो ।

भेटपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले एसियन खेलकुदका लागि साउदी अरबलाई सघाउन आग्रह गर्नुभएको बताउनुभयो ।

साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रुपमा समान रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यसबारे दुवैपक्षसँग थप छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो । अन्तिम निर्णय गर्नु अगाडि नेपाली खेलकुद र खेलाडीको हित र स्वार्थलाई मुख्य आधार बनाईने समेत बताउनुभयो ।

साउदी अरबले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ । हाल सम्म कतार र साउदी अरबयाले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् । नेपालले पनि ती दुई मध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । नेपालसँगै ४५ देशले मतदान गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)