सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन बस व्यवसायीद्धारा ट्राफिक महाशाखा प्रमुख भट्टराईसँग भेट


  • माउन्टेन खबर
  • बुधबार, पुस १, २०७७
  • 838
    SHARES

काठमाडौँ, १ पुस । पर्यटन व्यवसायीहरुको छाता संगठन टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईसँग भेट गरेको छ ।

टिवानका प्रथम उपाध्यक्ष ढकनाथ काफ्लेको संयोजकत्वमा पुगेको टोलीले आज महाशाखा प्रमुख भट्टराईसँग भेट गरेको हो । भट्टराई महाशाखा प्रमुख भएर आएपछि भएको पहिलो भेटका क्रममा टिवानको टोलीले पर्यटक बसले उपत्यका भित्रिएपछि भोग्नुपरेको समस्याबारे अवगत गराएको थियो ।

उनीहरुले पर्यटक बसलाई बालाजुबाट सोह्रखुट्टेसम्म सञ्चालन गर्न दिनुपर्ने, पर्यटक बसका चालक र सहचालकलाई तालिमको व्यवस्था मिलाउनुपर्नेलगायतका माग राखेका थिए ।

भेटपछि महाशाखा प्रमुख भट्टराईले उपत्यकाको ट्राफिक व्यवस्थालाई राम्रो बनाएर जान ट्राफिक प्रहरी र व्यवसायी सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

भेटमा टिवानका महासचिव दिपेन्द्र अधिकारी, पूर्व महासचिव दिपक भट्टराई, पर्यटक बस व्यवसायी मिलन नेपाललगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)