आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमपाल, करण र कुशलले टी टेन लिग खेल्ने


  • माउन्टेन खबर
  • बिहिबार, पुस ९, २०७७
  • 536
    SHARES

काठमाडौं,९ पुस।   नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् ।  सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो ।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई  अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स  मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसक्नुभएको छ ।

केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लाग्नुभएको हो । यसअघि  टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसक्नुभएको छ  । खड्का यसपटक  टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहनुभएको छ । टी–१० लिग सन् २०२१  जनवरी २८ देखि शुरु हुनेछ । उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)