आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

औषधी व्यवसायीलाई दिइने व्यवसायीक प्रमाणपत्रको अवधि बढाउन औषधी व्यवस्था विभाग सकारात्मक


  • माउन्टेन खबर
  • शनिबार, पुस १८, २०७७
  • 477
    SHARES
काठमाडौं,१८ पुस।  औषधी व्यवसायीहरुको व्यवसायीक प्रमाणपत्र (लाइसेन्स) नविकरणमा औषधी व्यवस्था विभाग लचक देखिएको छ ।
औषधी व्यवसायका लागि विभागबाट जारी हुने व्यवसायीक प्रमाणपत्रको नविकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधी व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउन सक्ने संकेत गरेको हो ।
शनिबार भक्तपुरमा आयोजित नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशको प्रथम अधिवेसनलाई सम्बोधन गर्दै विभागका महानिर्देशक भरत भट्टराईले औषधी व्यवसायीलाई दिइने व्यवसायीक प्रमाणपत्रको अवधि बढाउन सकिने बताउनुभएको हो । अहिले औषधी व्यवसायका लागि दिने व्यवसायीक प्रमाणपत्रको हरेक वर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । महानिर्देशक भट्टराईले भने तीन वर्ष देखि पाँच वर्ष भित्र कहिले नविकरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेर टुंगोमा पुग्न सकिने बताउनुभयो ।

कार्यक्रममा महानिर्देशक भट्टराईले गुणस्तरीय सेवा प्रवाहको सन्दर्भमा विक्री वितरण आचारसंहितालाई ध्यान दिएर व्यवसाय गर्न औषधी व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ, बागमती प्रदेशका कार्यवाहक अध्यक्ष ध्रुव नारायण श्रेष्ठले खुद्रा व्यवसायी, थोक व्यवसायी र आयात व्यवसायीहरुका आ–आफ्नै समस्या रहेकोले सबैलाई एकैठाउँमा भेला गरी एकमुस्ट रुपमा समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)