बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउन: रसुवा प्रशासनद्धारा घर बाहिर ननिस्कन निषेधाज्ञा जारी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ११, २०७६
  • 514
    SHARES

जिल्ला प्रशासन कार्यालय रसुवाले नागरिकहरुलाई घर बाहिर ननिस्कन निषेधाज्ञा जारी गरेको छ । कोभिड १९ को सम्भावित उच्च संक्रमण जोखिमको अवस्थालाई मध्यनजर राख्दै संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलन नदिनका लागि जिल्लाका नागरिकहरुलाई घर बाहिर ननिस्कन निषेधाज्ञा जारी गरेको हो ।

संक्रमक रोग ऐन, २०२० को दफा २ ९२० र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
जिल्ला भित्रका औषधी पसल, खाद्यान्न, दुध, खानेपानी, इन्धन, पेट्रोल, डिटल, मट्टितेल, बिक्रि वितरण गर्ने पसल, तरकारी पसल लगायतका अत्यावश्यक व्यवसायहरु चैत १८ गतेसम्मका लागि दैनिक २ पटक खोल्न दिएको छ ।

बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकि ४ बजेदेखि ६ बजे सम्म खुल्ला गर्न पाइने जनाएको छ । अन्य पसलहरु भने बन्द गर्न अनुरोध गरेको छ । औषधी उपचार खाद्ययवस्तु खरिद जस्ता अत्यावश्यकिय काम बाहेक घर बाहिर ननिस्कन समेत प्रशासनले सबै नागरिकमा अनुरोध गरेको छ ।
अनुमती प्राप्त सवारी साधन, स्वास्थ्यकर्मि सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजि यात्रु वाहक सवारी साधन संचालन पूर्ण रुपमा रोक्न लगाएको छ । अत्यावश्यक रुपमा सवारी साधन संचालन गर्नुपरेमा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ ।

प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कारबाहि गर्ने गरिने जनाइएको छ ।
सरकारी अर्धसरकारी तथा निजी कार्यालयमा कार्यरत कर्मचारीले कार्यालय समयमा आवतजावत गर्दा अनिवार्य परिचयपत्र साथमा लिई हिड्नुपर्ने भएको छ ।

धेरै मानिस जम्मा भएर गरिने धार्मिक तथा साँस्कृतिक कार्यक्रम निषेध गर्ने र गर्नेपर्ने भएमा घर कम्पाउण्ड भित्र एउटै परिवार वा ५ जनाभन्दा बढी हुन नपाइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }