सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साउथह्याम्पटनलाई हराउँदै लेस्टर दोस्रो स्थानमा उक्लियो


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 495
    SHARES

४ माघ, काठमाडौं। शनिबार इंग्लिस प्रिमियर लिगमा च्याम्पियन लिभरपुललाई उछिनेर लेस्टर सिटी दोस्रो स्थान उक्लेको छ । जेम्स म्याडिसन र हार्भे बार्नेसको गोलमा लेस्टरले साउथह्याम्पटनलाई घरेलु मैदानमा २–० ले हराएको हो ।

यो जितपछि लेस्टर पनि उपाधि होडमा सामेल भएको हो । ब्रेन्डन रोजर्सको टिमको अब १८ खेलबाट ३५ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग एक अंकको दूरी हो ।

अर्को खेलमा चेल्सीले १० खेलाडीमा सीमित फुलहमलाई १–० ले हरायो । यसले व्यवस्थापक फ्रायन्क लाम्पार्डलाई राहत प्रदान गरेको छ । खेलको निर्णायक गोल मेसन माउन्टले खेलको अन्त्यतिर गरे र टिम २९ अंकमा सातौं स्थानमा उक्लियो ।

यस्तै वेस्ट ह्यामले बर्नलीलाई १–० ले हरायो । त्यसमा मिचाइल एन्टोनियोले एक मात्र गोल गरे । जितपछि वेस्ट ह्याम आठौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)