मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलबार थप ३४८ जनामा कोरोना भाइरस संक्रमण, ४ को मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 337
    SHARES

६ माघ, काठमाडौं । मंगलबार ३४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४९५६ जनाको पिसिआर परिक्षणमा ३४८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म २० लाख २१ हजार सात सय १४ वटा नमुना परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आज देशभर कूल चार सय ४१ जना सङ्क्रमणबाट मुक्त भएसंगै नेपालमा हालसम्म कूल दुई लाख ६२ हजार दुई सय ५९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७.८६ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ । हालसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन् ।

देशभर क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ जना रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)