सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाथरोग र यसका लक्षणहरु


  • –डा विनय रेग्मी
  • बुधबार, माघ ७, २०७७
  • 1.3K
    SHARES

डा विनय रेग्मी
साधारणतय वाथरोग भनेको जोर्नी सुनिने र दुख्ने हो । योबाहेक वाथरोगका धेरै लक्षण हुन सक्छन् । लामो समय ज्वरो आउने, हातखुट्टा निला तथा काला हुने, आँखा रातो हुने,अत्याधिक टाउको दुख्ने, आँखा र मुख अत्याधिक सुक्का हुने, गर्भपतन तारन्तर हुने, छालामा डावर (फोका)हरु आउने, मांसपेशी कमजोर हुने वा विभिन्न समस्या हुनसक्छन् ।
प्रायजसो नेपालमा वाथरोग भनेको युरिक एसिड मात्र भन्ने बुझाई छ । उक्त बुझाई गलत हो । युरिक एसिड एक अर्काको वाथरोगमा पर्ने रोग हो । वाथरोग सँयौँ किसिमका हुन्छन् । यीमध्ये केही बाथरोगका बारेमा हामीले यहाँ वर्णन गर्नेछौँ ।

१) गठिया वाथ : गठिया वाथ हुँदा विरामीको हातका औँलाहरु दुख्ने गर्दछ । यसका अलावा हात तथा खुट्टाका औँलाहरु करकर खाने गर्दछ ।

२) लुपस वाथ : लुपस वाथ एउटा रोग हो । जुन वाथ पुरुषको तुलनामा महिलालाई धेरै हुने गर्दछ । यसले छाला, जोर्नीहरु दुख्ने, मुटु, फोक्सो र मृगौलालाई खराब गर्ने गरेको पाइन्छ ।

३) ज्रोगेन सिन्डम : यो एकप्रकारको थुक निकाल्ने ग्रन्थीको रोग हो । यो वाथरोगका कारणले गर्दा मुख तथा आँखा सुख्खा हुने गर्दछ । जोग्रेन सिन्डम भएका विरामीको जोर्नीहरु दुख्ने, हातका औँला निलो तथा रातो हुने गर्दछन् ।

४) ढाडको वाथ : यसलाई एसपीए स्पोनडाइलो आर्थेपेथी समेत भन्ने गरिन्छ । ढाडको वाथ जवान पुरुषहरु हुने गर्दछ । जवान पुरुषलाई विहानीपख र रातीपख साथै रातको समयमा सुतेको बेलामा ओल्टेपल्टे फर्किन गाह्रो हुने गर्दछ । ढाडको वाथ भएका विरामीहरुको हात तथा खुट्टाको जोर्नीहरु सुनिने र दुख्ने गर्दछन् ।

५) नशाको वाथ : नशाको वाथलाई भास्कुलाइटिस समेत भन्ने गरिन्छ । नशाको वाथ हुँदा विरामीको औँलाहरु कालो हुने वा झरेर जाने गर्दछ । शरिरमा डावरहरु आउने, अत्याधिक उच्च रक्तचाप हुने, अत्याधिक पेट दुख्ने, दिशाबाट रगत जाने आदी यस वाथका मुख्य लक्षणहरु हुन् ।

माथि उल्लेख गरिएका वाथबाहेक अन्य धेरै वाथ रोगका लक्षणहरु हुन् । यीबाहेक देखिने वाथहरुमा दरमाटो मायोसाइटिस, स्केरोसिस, साक्वइडोसिस र अन्य सयाँै बाथ रोगहरु हुन्छन् । माथि भनेअनुसार लक्षणहरुको कुरा गर्दा वाथरोगमा एउटै लक्षण नभई अनेकन लक्षणहरु देखा पर्ने हुदाँ यसको रोग पहिचान गर्नलाई वाथरोग विशेषज्ञद्धारा परामर्श लिन जरुरी हुन्छ । प्रायःजसो मानिसहरु नबुझिकन जोर्नी दुख्यो भन्दैमा अन्य चिकित्सक वा औषधी पसलमा परामर्श लिन जानुहुन्छ यसको कारणले गर्दा रोग समयमै पहिचान नभई हातखुटाका औँलाहरु काट्नुपरेको अवस्था वा ज्यान गुमाउनुपरेको अवस्था नआएको होइन ।

वाथरोग हुने कारणहरुको कुरा गर्दा वाथरोग आइटो इम्युन डिजिज (रोग) हो । आफ्नो शरिरमा बन्ने एन्टीबडीले शरिरलाई नचिनेर पु¥याउन जाने हानीको फलस्वरुप उत्पन्न हुने रोग हो । हुन त विभिन्न इन्फेक्सनहरु वातावरण, खानपान, वंशाणुगत कारणले पनि वाथरोग आउन सक्छ । वाथरोगको रोकथाम भन्दापनि वाथरोगको रोग सहि समयमा पहिचान भयो भने रोगको विकराल रुप नलिने र उपचारमा पनि सहजता आउने हुन्छ ।

प्रायजसो विरामीहरु वथरोगको चिकित्सककोमा आउँदा धेरै ढिला भएको पाइन्छ । नेपालमा एउटा डाक्टरले अर्को डक्टरलाई रिफर गर्ने वानीको कमीले गर्दा सम्बन्धित रोगका विरामीहरु सम्बन्धित चिकित्सककोमा नपुगेको कुरा सबैमा जगजायर नै छ । तसर्थ हामी सबैले समयमा विरामी रिफर गरेको खण्डमा विरामीले सहि उपचार पाउने र विरामीको खर्चपनि कम हुने देखिन्छ । वाथरोगको पहिचान गर्नलाई रगतबाट, एक्सरे, सिटीस्यान, विभिन्न विधिहरु अपनाउन सकिन्छ तर वाथरोगमा गरिने रगत जाँचहरु महङ्गा भएका कारणले निम्नवर्गीय परिवारलाई अस्पताल नआउने र जाँच नगर्ने हुनाले रोग अझ बढेर जान सक्छ ।

वाथका कतिपय जाँचहरु हाम्रो देशमा नहुने भएकाले छिमेकी मुलुकमा पठाउन बाध्य छौँ । वाथरोगका विरामीले लामो समय औषधी खानुपर्ने हुनाले सरकारी स्तरबाट यदी केही राहत प्रदान गरेमा गरिब दुःखी जनताहरुले वाथको जाँच र औषधी खान सहज हुने थियो । तसर्थ सरकारले यसमा ध्यान पुराउन जरुरी देखिन्छ ।

(लेखक : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ फिजिसीयन तथा वाथरोग विशेषज्ञ हुनुहुन्छ ।)

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)