सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट पोखरामा २५ बर्षिया युवतीको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ९, २०७७
  • 338
    SHARES

९ माघ, कास्की । पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले बताउनुभयो।

युवतीको स्वास्थ्यमा समस्या देखिएपछि गरिएको कोभिड–१९ परीक्षणमा यही माघ ५ गते संक्रमण पुष्टि भएको डा. शर्माले बताउनुभयो । युवतीमा मृगौलाको समस्यासहित अन्य दीर्घ रोगहरु समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)