सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनले ३ लाख कोरोना खोप नेपाललाई सहयोग गर्दै


  • माउन्टेन खबर
  • आइतवार, माघ ११, २०७७
  • 444
    SHARES

११ माघ, बेइजिङ । चीन सरकारले तीन लाख डोज कोरोना भाइरसविरुद्धकाे खोप नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।

स्राेतका अनुसार नेपाललाइ उपलब्ध गराइने खाेपका लागि हाल नेपालस्थित स्वास्थ्य मन्त्रालयको पत्रको प्रतीक्षा गरिरहेको चीनले र पत्र प्राप्त हुनासाथ खाेप नेपाल पठाइने छ ।

याे खाेप चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेकाे हाे जसले १ लाख ५० हजार व्यक्तिलाइ पुग्नेछ ।

नेपाल सरकारले चीन सरकार समक्ष ६० लाख डाेज खोपका लागि अनुराेध गरेकाे छ । उक्त खाेप चीन सरकारले किस्ता किस्तामा पठाउने जनाइसकेकाे छ । नेपालमा खोप भण्डारको क्षमता कम रहेको र खोप लगाउने दक्ष जनशक्ति समेत कम रहेका कारण सरकारले माग गरेको खोप किस्ता किस्तामा पठाउन लागेको चिनियाँ विदेश मन्त्रालयकाे स्राेतले जनाएकाे छ ।

चिनियाँ कम्पनीले निर्माण गरेका खोपको माग विश्वभर नै रहेको छ ।

चीन सरकारले हालै सिनोर्फमले उत्पादन गरेकाे कोरोना खोप पाकिस्तान सरकारलाई पनि पाँच लाख डोज उपलब्ध गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)