सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट कोरोनाविरूद्धको खोप अभियान सुरु


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 388
    SHARES

१४ माघ, काठमाडौं । आज देखि सरकारले कोरोनाविरूद्धको खोप अभियान सञ्चालन गर्दैछ।

एक कार्यक्रमकाविच प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान खोप अभियानको सुरूवात गर्ने हुनुभएको छ।

पहिलो चरणमा कोरोनाका महामारीमा फ्रन्टलाइनमा रहेर खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकहरुलाई कोरोनाविरूद्ध खोप लगाइने भएको छ।

गत हप्ता नेपाललाई भारत सरकारले अनुदानस्वरुप दश लाख डोज कोभिसिल्ड खोप हस्तान्तरण गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल १२० केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिनेछ।

सरकारले प्रदेशहरूमा खोप र आवश्यक बजेट पनि पठाइसकिएको बताएको छ। पहिलो चरणमा झन्डै ४ लाख भन्दा बढी मानिसहरुलाई खोप लगाउने आनुमान गरिएको छ।

आगामी दश दिनभित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप पुर्‍याइने र अग्रमोर्चामा खटिएकाहरूलाई पहिलो चरणमा खोप लगाउने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)