सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देउराली जनताले कोभिडको औषधि उत्पादन थाल्ने


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १६, २०७७
  • 818
    SHARES

काठमाडौं, १६ माघ । अग्रणी औषधी कम्पनी देउराली जनता फर्मास्युटिकल्स ३० वर्ष पुगेको छ । देउराली जनता विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरको बनाई “कुशल उत्पादन अभ्यास” लाई लागु गर्ने पहिलो नेपाली कम्पनी हो ।

औषधि उत्पादन गर्ने कम्पनीहरु मध्ये अधिकतम कर बुझाउने र उच्च सामाजिक उत्तरदायित्व वहन गर्ने कम्पनीको रुपमा समेत आफुलाई अग्रणी स्थानमा राख्न सक्षम भएको कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए ।

३० वर्ष पुरा गरेको अवसरमा कम्पनीले प्रेश विज्ञप्ती जारी गरी औषधि परनिर्भरतालाई कम गर्दै उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनको लागि अत्यावश्यक औषधिहरु स्वदेशमा नै उत्पादन गरि कम्पनीले सयौं औषधिहरु नेपालमा पहिलो पटक विकास गर्न सफल भएको उनले जानकारी दिएको छ ।

 

कम्पनीले आफ्नो अत्याधुनिक प्रविधिको प्रयोग गर्दै  अत्यावश्यक जीवन रक्षक र अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल्स, ट्यावलेट, लिक्विड र ड्राइपाउडरलगायतका ३३० प्रकारका औषधिहरुको उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

यस्तै देउराली जनताले अनुसन्धान, उत्पादन र तीे उत्पादनहरुको गुणस्तरीयता निर्धारण अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न भवन निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीता कायम गरि उत्पादन भएका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराईरहेको कम्पनीले जनाएको छ ।

देउराली जनताले नेपालमा पहिलोपटक कोरोना सार्स कोभ २ इन्फेक्सन संक्रमित बिरामीहरुको उपचारमा प्रभावकारी औषधि फेभियर २०० ट्याव उत्पादन गरि कोभिड(१९ बिरामीहरुको उपचारमा समेत योगदान पुर्याएको उनको भनाई छ ।

 

यस्तै माइल्ड एन्ड मोडरेट कोभिड १९ इन्फेक्सन भएका बिरामीका लागि पहिलो पटक क्लिनिकल ट्रायल भै रहेको र फाबिर –२०० औषधि सेवन गरेका सम्पूर्ण सहभागी व्यक्तिहरु चाँडै निको भै सकुसल रहेको एवम् नकारात्मक असर नपरेको समेत रिपोर्ट प्राप्त भएको कार्यकारी निर्देशक शर्माले जानकारी गराए ।

कम्पनीले उत्पादन गरेको उक्त औषधी फाबिर २०० ट्याबलेटलाई आपतकालिन प्रयोगको लागि स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था बिभागमा  बजार बिक्री बितरणको लागि अनुमति समेत माग गरेका उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)