सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि ,२४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २३, २०७७
  • 361
    SHARES

काठमाडौँ ,२३ माघ। शुक्रबार १०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ७९९ पीसीआर परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२ जना निको भइ डिस्चार्ज भएसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार १०८ छ भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)