सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप १६० मा कोरोना पुष्टि ,थप दुईको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २७, २०७७
  • 459
    SHARES

काठमाडौं, २७ माघ। थप १६० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १० हजार ५७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १६५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ७३७ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ८७ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ६४ सङ्क्रमित आइसियुमा तथा १५ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप दुईको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)