सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाबुवासीले पाउन थाले स्वास्थ्य सेवा


  • माउन्टेन खबर
  • बुधबार, माघ २८, २०७७
  • 405
    SHARES

२८ माघ, सुर्खेत । महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन् । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन् । बालरोग विशेषज्ञ डा नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेको गाउँपालिका अध्यक्ष जङगबहादुर शाहीले बताउनुभयो ।

गाउँपालिकामा १० शयया अस्पताल सञ्चालनका लागि दरखास्त आह्वान गर्दासम्म चिकित्सकको निवदेन नपर्दा अस्पताल सञ्चालन हुने नहुने अन्योलमा थियो । नागरिक स्वास्थ्य सेवाबाट वञ्चित थिए । स्वास्थ्य सेवा पँहुच नभएका नागरिकका लागि सो सेवा शुरु गरिएको विशेषज्ञ केसीले जानकारी दिनुभयो । महाबुका जनतालाई स्वास्थ्य समस्या भएको बेला स्वास्थ्यचौकी गँैडाबाजबाट प्रदेश अस्पताल सुर्खेतमा भिडियो कुराकानीमार्फत बिरामी सिधैँ सम्बन्धित रोग विशेषज्ञसँग स्वास्थ्य समस्या राख्नेछन् र डाक्टरको सल्लाह बमोजिम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले उपचार गर्छन् ।

उहाँले थप्नुभयो “नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो । गाउँपालिकाको तर्फबाट जुनसुकै पहल गर्न हामी तयार छौँ, टेलिमेडिसिनका लागि आवश्यक उपकरण र इन्टरनेट सेवालाई थप प्रभावकारी बनाइ सहज स्वास्थ्य उपचार उपलब्ध गराइने छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)