सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिशिल्ड खोप आम समुदायमा पुर्याउनुपर्नेमा विज्ञहरुको जोड


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३, २०७७
  • 831
    SHARES

३ फागुन, काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिईएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु¥याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गर्नुभयो । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडी नै खोप अभियान शुरु गर्नु सरकारको सफलता भएको उहाँको भनाई छ ।

खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उहाँको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताउनुभयो । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिनुभयो । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउनु भयो । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनु भयो । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकृतिको भाइरस विरुद्धमा पनि कोभिशिल्डले केही प्रभावकारीता देखाएको उहाँले बताउनुभयो । खोपको गम्भिर प्रकारको साइड इफेक्ट नदेखिएको भन्दै उहाँले सामान्य इफेक्ट देखिएको र त्यसको २४ देखि ७२ घण्टा सम्ममा निको हुने बताउनुभयो । कार्यक्रममा बोल्दै जनस्वास्थ्य विज्ञ तथा खोपपश्चात हुनसक्ने अवान्छित घटना निरुपण समिति सदस्य केदार बरालले कोभिड नियन्त्रण गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कोभिड नियन्त्रणका लागि समुदायलाई शसक्तिकरण गर्न तथा शिक्षा दिन सरकार अझैपनि चुकेको उहाँको भनाई छ । जनस्वास्थ्यको मापदण्ड पालना गराउनुपर्नेमा उहाँको जोड छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले आम जनसमुदायलाई निर्धक्क र ढुक्क सँग खोप लगाउन आग्रह गर्नुभयो । अध्ययन र अनुसन्धानहरुले खोपको प्रभावकारीता देखाएको भन्दै उहाँले खोप सुरक्षित र गुणस्तरीय रहेको दाबी गर्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले कोभिशिल्ड खोपले रोग प्रतिरोधात्मक क्षमता र रोग प्रतिरोधात्मक एन्टीबडी बढाउने बताउनुभयो । खोपले शरिरमा रोग प्रतिरोधात्मक क्षमता लामो समयसम्म बस्न सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा कोरोना भाइरसविरुद्धको खोप प्रत्येक वर्ष लगाउनुपर्ने अवस्था पनि आउनसक्ने उहाँको भनाई छ । खोप लगाएपछि साधारण असर देखापर्ने भन्दै उहाँले असर देखिएको अवस्थामा पारा सिटामोल तथा झोलिलो पदार्थहरु खान सुझाव समेत दिनुभयो । ५÷७ दिनसम्म असर देखा परेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नपर्ने उहाँको भनाई छ । कोरोना संक्रमणबाट निको भएकाहरुले पनि खोप लगाउँदा झनै फाइदा पुग्ने उहाँले बताउनुभयो । कोभिशिल्डको प्रभावकारीताको लागि दोस्रो मात्रा आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले कोरोना विरुद्धको अरु खोप ल्याउन सरकार बटिबद्ध रहेको बताउनुभयो । सरकारले अत्यावश्यक उमेर समुहलाई पनि लगाउने उहाँको भनाई छ । छिट्टै आम जनमानसमा खोप पु¥याउने उहाँले बताउनुभयो ।

सरकारले भारत सरकारसँग माघ ८ गते कोभिड १९ कोरोना भाइरसविरुद्धको दश लाख मात्रा कोभिशिल्ड खोप ल्याएको थियो । पहिलो र दोस्रो चरण गरी प्राथमिकताका आधारमा लाखौँ जनतालाई खोप लगाइसकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)