सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ५, २०७७
  • 388
    SHARES

काठमाडौं ,५ फागुन।। आजबार अस्पतालमा डाक्टरको ओपिडी (बिहिरंग) शुल्क बढेको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) ले आज बसेको बैठकबाट डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो।

चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी बैठकले निर्णय गरेको छ। नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन्। एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन्।

त्यसैगरी एमडीरएमएस र एमडिएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन्। डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन्। यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडीरएमएस र एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन्।

डाक्टरको परामर्श शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको हो। उक्त समयमा हरेक २/२ वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएको थियो। तर त्यस यता शुल्क पुनरावलोकन भएको छैन। सो समयमा मेडिकल अफिसर अर्थात एमबिबिएस बिडिएस डाक्टरको शुल्क २५० र कन्सल्टेन्टको शुल्क ४५० रुपैयाँ तोकिएको थियो।

दुवै संस्थाले संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क तोकिएको उल्लेख गरिएको छ। उक्त शुल्क आजैको मितिदेखि लागु हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)