बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोपको वितरणमा असमानता भएको भन्दै यूएन प्रमुखद्वारा आलोचना


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 280
    SHARES

६ फागुन, काठमाडौं । संयुक्त राष्ट्र (यूएन) प्रमुख एन्टोनियो गुटेरसले संसारभरी कोभिड–१९ भ्याक्सिन वितरणमा असमानता भएको भन्दै कडा आलोचना गर्नुभएको छ । यूएन प्रमुखले यसलाई अन्याय भएको बताउनुभएको छ । एन्टोनियो गुटेरसले कूल कोभिड भ्याक्सिनको ७५ प्रतिशत १० देशको नियन्त्रणमा रहेको बताउनुभएको छ ।

बुधबार यूएन सेक्युरिटी काउन्सिलको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै एन्टोनियो गुटेरसले भन्नुभयो, ‘भ्याक्सिनको एउटा पनि डोज पुग्न नसकेको संसारभरी १३० वटा देश छन् ।’ उहाँले भन्नुभयो, ‘यो मुश्किल घडीमा भ्याक्सिनको समान वितरणको विषयमा अन्तर्राष्ट्रिय समुदायको नैतिकताको परीक्षा हो ।’

उहाँले भन्नुभएको छ, ‘एक आपतकालीन खोप योजना सँगै मिलेर ल्याउन आवश्यक छ । यसमा भ्याक्सिनको समान वितरण सुनिश्चित गर्नुपर्छ । जी २० को ठूलो अर्थव्यवस्था भएको देशले एउटा इमर्जेन्सी टास्क फोर्स गठन गर्नुपर्छ र यसमा फर्मा कम्पनीलाई पनि समावेश गर्नुपर्छ । दुनियाँका सात ठूलो औद्योगिक देशले यसका लागि रकम संकलन गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)