सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘एनएनआईपिए’ अवार्डको तयारी पूरा


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 342
    SHARES

६ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी स्थित नगरपालिकाको निगु पुखुमा वितरण हुने अवार्डको तयारी पूरा भएको जनाएको हो । अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गर्नेछ ।

यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र एक पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिने छ । सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १÷१ लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले जनही १०÷१० हजार पाउने आयोजकले जनाएको छ । प्रतिभावान महिला र पुरुष खेलाडीले ५०÷५० हजार रुपैयाँ पाउने छन् ।

संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको एनएनआईपिएका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

संघले प्रदान गर्ने अवार्डमा यस पटक १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलका खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ । संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट गरी अवार्ड प्रदान गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)