सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार थप ९६ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 553
    SHARES

६ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १ सय ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ।

हाल देशभर १ हजार ६ सय ३ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा देशभर थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)