मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

बुधबार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 437
    SHARES

१२ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ६ सय ९२ पीसीआर परीक्षणमा ९४ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । हालसम्म १ हजार ५ सय ५५ जना सक्रिय संक्रमित छन् ।

साथै आज ७१ जना संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ । आज कोरोनाबाट एक जनाको मृत्यु भए सँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)