मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोखाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसहित तीन स्थानबाट कोभिड खोप प्रदान गर्ने


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २०, २०७७
  • 791
    SHARES

काठमाडौँ, २० फागुन । टोखा नगरपालिकाले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीसहित तीन स्थानबाट कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने भएको छ ।

सरकारले आगामी फागुन २३ गतदेखि देशभरका ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने नीति लिएअनुसार काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले ग्राण्डी अस्पतालसहित तीन स्थानबाट कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न लागेको हो ।

टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अल नेपाल अस्पताल सामाखुशीबाट खोप प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

“टोखा नगरपालिका वडा नं १ देखि ३ सम्म चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा, वडा नं ४ देखि ७ सम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र वडा नं ८ देखि ११ सम्मलाई अल नेपाल अस्पताल सामाखुशीबाट खोप प्रदान गर्न लागेका छौँ,”–उहाँले भन्नुभयो ।

कोभिड–१९ को खोप लगाउँदा आधा घण्टासम्म ‘साइड इफेक्ट’ देखिनसक्ने कुरालाई मध्यनजर गर्दै टोखाले खोप केन्द्रका रुपमा अस्पताललाई छनोट गरेको हो । ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र सामुदायिक विद्यालयका शिक्षकलाई खोप प्रदान गर्ने लक्ष्य राखेको टोखाले चैत १५ सम्म सबै खोप प्रदान गर्ने जनाएको छ ।

टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । टोखामा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै १५ हजार संख्या रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)