मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 674
    SHARES
चितवन, २१ फागुन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुनः सेवा सञ्चालन गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालको रेडियोडायग्नोसिस तथा इमेजिङ विभागअन्तर्गत न्यूक्लियर मेडिसिन युनिटमा क्यान्सरका बिरामीका लागि अतिआवश्यक यो मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।

मेसिन सञ्चालनमा आएसँगै न्यूक्लियर मेडिसिनका परीक्षण तथा उपचार विधि नियमित भएको डा गौतमले जानकारी दिनुभयो । न्यूक्लियर मेडिसिन (नाभिकीय चिकित्सा) मा रेडियोधर्मी अर्थात् रेडिएसन निस्किने औषधिको प्रयोग गरेर बिरामीको विभिन्न रोगको जाँच तथा उपचार गरिन्छ । यसबाट बिरामीको विभिन्न अङ्गको गहन जाँच हुन्छ । लगभग सबै अङ्गको जाँच गर्न मिल्छ ।

मस्तिष्क, घाँटीको थाइराइड, मुटु, फोक्सो, मिर्गौला, कलेजो, हड्डीको जाँच हुने उहाँले जानकारी दिनुभयो । हड्डीमा सङ्क्रमण भएको वा हड्डीमा क्यान्सर भएको दुवै किसिमको जाँच गर्न मिल्छ । अन्य कुनै क्यान्सर हड्डीमा फैलिएको छ कि छैन भन्ने पनि यसबाट पत्ता लगाउन सकिन्छ । यससँगै बिरामी लाभान्वित भएका छन् । विगत एक वर्षयता सो मेसिन बिग्रिएर थन्किएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)