मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डी अस्पतालद्धारा पशुपति मन्दिर परिसरमा ‘इमर्जेन्सी हेल्थ डेक्स’ सञ्चालन (फोटोसहित)


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 811
    SHARES

काठमाडौँ, २७ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले पशुपतिनाथ मन्दिर परिसरमा ‘इमर्जेन्सी हेल्थ डेक्स’ सञ्चालनमा ल्याएको छ ।

ग्राण्डीले महाशिवरात्री पर्वमा पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने भक्तजनलाई लक्षित गरेर आज ‘इमर्जेन्सी हेल्थ डेक्स’ सञ्चालनमा ल्याएको हो । उक्त हेल्थ डेक्स आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने ग्राण्डी अस्पतालका महाप्रबन्धक विकासमान सिंहले जानकारी दिनुभयो ।

हेल्थ डेक्समा ग्राण्डीका चिकित्सक तथा स्टाफ नर्स आकस्मिक सेवाका लागि खटिने अस्पतालले जनाएको छ । अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिले निशुल्क स्वास्थ्य परिक्षण गरिसकेका छन् ।

ग्राण्डी अस्पतालले गत वर्षहरुमा पनि हरितालिका तीज र महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालन गर्दै आएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)