सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

औँठी : – कविता


  • -सुनिता खत्री , भर्जिनिया, अमेरिका ।
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 1.6K
    SHARES

औँठी

औँठी लगाउँदा मात्र पराई आफ्नो हुनेभए
औँठीहरुको माला नै बनाई पहिराई दिन्थेँ
त्यही माला ले नै पूर्णता लिनेभए
सारा बगैँचा नै उनैलाई सुम्पी दिन्थे

ओठको कम्पन बिच निक्लेको उनको नाममा
जिन्दगी नै समर्पित गरी दिन्थेँ नयनका ति तीरमा
भमरा अनि फूलको मित्रता हेर्दैसुन्दर बागमा
कल्कलाउँदा कलीसरि मुस्कुराउँथें उनको यादमा

मैले उनेका मालाहरु फ़्रेम भित्र सजाई दिनु
मेरा ति सपनाहरु आफ्नै सम्झी देखी दिनु
पाउँनु र गुमाउँनु त के नै छ र जिन्दगीमा
यादै यादको माला गूथि चढाई दिनु मन्दिरमा ।

-सुनिता खत्री
भर्जिनिया, अमेरिका ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)