मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन २८ हजार भन्दा बढी संक्रमित भेटिए, विभिन्न स्थानमा कर्फ्यू


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 764
    SHARES

४ चैत्र, काठमाडौं । भारतमा मंगलबार एकैदिन कोरोनाका २८,८६९ संक्रमित भेटिएका छन् । यो यस वर्षको सबैभन्दा धेरै आँकडा हो । यसअघि यति संक्रमित अघिल्लो वर्ष १५ जुलाईमा भेटिएका थिए ।

यस्तै कोरोनाको संक्रमण बढ्न थालेपछि गुजरातका चार शहर –अहमदाबाद, सूरत, वडोदरा र राजकोटमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।

यस्तै, मध्यप्रदेशको राजधानी भोपाल र इन्दौरमा बुधबारदेखि नाइट करफ्यू लगाउने निर्णय गरिएको छ । जबलपुर, ग्वालियर, उज्जैन, रतलाम, छिन्दवाडा, बैतूल, खरगोनमा राती १० बजेदेखि बजार बन्द रहनेछ । यो शहरमा कर्फूजस्तो स्थिती रहनेछैन तर व्यापारिक बजार अनिवार्य रुपमा बन्द हुनेछ ।

भारतमा कोरोना पुनः तीब्र रुपमा बढिरहेको कुरा पछिल्लो एक महिनामा सक्रिय संक्रमितको संख्या ६३ प्रतिशतभन्दा बढीको बढोत्तरीमार्फत् पुष्टि हुन्छ । १५ मार्चमा सक्रिय संक्रमितको यो आँकडा बढेर सवा दुई लाख पार गरेको छ । दुई महिना अघि अर्थात् ८ जनवरीको आसपास सक्रिय बिरामी सवा दुई लाख थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)