मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सि डिभिजन लिग फुटबल : वीरगञ्जयुथ युनाईटेड र चर्च ब्वाइजले


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 957
    SHARES

काठमाडौं, ४ चैत्र। 
वीरगञ्ज युथ युनाईटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सि डिभिजिन लिगमा बुधबार जित निकालेका छन् ।

सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई १–० ले पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–१ ले स्तब्ध बनाएको हो ।

वीरगञ्जलाई जिताउनका लागि कप्तान कृष्ण शाक्यले ५३औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो ।

अर्को खेलमा चर्च ब्वाइजलाई सुखद नतिजा दिलाउन सोम थापाले ५२औ, साइमोन लिम्बुले ८८औं तथा इन्द्र जुङ लिम्बुले इन्जुरी समयमा एक एक गोल गरेका थिए । प्लानिङका लागि कृष्ण गिरिले ५५ औं मिनेटमा गोल फर्काएका थिए ।

बुधबार भएका खेलमा जित निकालेका वीरगञ्ज र चर्च ब्वाइजले जारी लिगमा लगातार दोस्रो जित निकालेका हुन् ।

लिगमा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेल खालीबारी युथ फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा दोस्रो खेल ओएसिस क्लब र स्वयम्भू क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मुख्यालयमा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)