मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर वडा टेबल टेनिस

रान उपमहानगरपालिका वडा नं ९ फाइनलमा


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 1.1K
    SHARES

काठमाडौं, ४ चैत्र।
राजधानीमा जारी भ्याली कन्सट्रकसन देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितामा धरान उपमहानगरपालिका वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष टिम इभेन्ट्सको पहिलो सेमी फाइनलमा धरान उपमहानगरपालिका वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेस गरेको हो । दोस्रो सेमी फाइनलमा बिराटनगर महानगरपालिका वडा नं ३ ले धरान उपमहानगर १२ लाइ ३–१ को सेट मा पराजित अन्तिम दुईमा स्थान बनाउन सफल भयो ।

तेस्रो दिनको खेलमा पुरुष टिम इभेन्ट्समा सेमी फाइनल तथा पुरुष एकल र महिला एकलका विभिन्न चरणका खेलहरु सम्पन्न भए । महिला एकल तर्फको खेलमा विभिन्न चरणका खेलहरुमा सुखद नतिजा निकाल्दै भक्तपुर नगरपालिका वडा नं १ बाट दिया देउला, वडा नं २ बाट प्रदिपा सुवाल र क्यारिना सुवालले अघिल्लो चरणमा स्थान बनाए ।

सोहि पालिकाको वडा नं ५ बाट नर्मदा खैटु , नुवाकोट बाट बिनु तामाङ , धरान उपमहानगर वडा नं १० बाट अन्जली ठाकुर , पर्वत नगरपालिका वडा नं ३ बाट प्रकृति राना , गोदावरी नगरपालिका १ बाट प्रनिका कुँवर र सोहि पालिकाको वडा नं ९ बाट सतिश्मा थापा, ललितपुर महानगर वडा नं १२ बाट इभाना थापा, बुटवल उपमहानगर वडा नं ८ बाट गीता अर्याल, काठमाडौं महानगरपालिका वडा नं २ बाट सुभश्री श्रेष्ठ र सोहि पालिकाको वडा नं १७ बाट अस्मिता मानन्धर, झापा गाउपालिका वडा नं ६ बाट अनुष्का प्रसाई , नवलपरासी वडा नं १ बाट योंग्गी पौडेल र संखुवाशभा वडा नं ४ बाट बिएन्का राईले आ–आफ्ना प्रतिस्पर्धीलाई हराउँदै महिला एकलको प्रि–क्वाटर फाइनलमा प्रवेश गरे । प्रतियोगितामा बुधबारै पुरुष एकलको दोस्रो चरणका खेलहरु पनि सम्पन्न भए ।

प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा हुँदै छ । प्रतियोगिता ७ गते सम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)